Posts

रित्तो कप र एस्ट्रे

  रित्तो कप र एस्ट्रे कुनै समय थियो, मेरो हात तिम्रो हातमा हुन्थे मेरा आँखा तिम्रा आँखामा हुन्थे हाम्रो अगाडि 2 कप मीठो चिया हुन्थ्यो! घन्टौ बात मार्दै बसिन्थ्यो, अनि एक अर्कालाई मज्जाले अगालोमा कसिन्थ्यो!! हेर न, आज समय नै फेरियो म त्यही कुनामा बसिरहेछु स्थिर छु, तर पनि टाढा खसिरहेछु तिम्रो हात समाउने हातले चुरोट समाइरहेछ चियाको रित्तो कपले मेरो आँखामा हेर्दै गिज्याइरहेछ त्यो सास, जो तिमीसङ गफिदा रोकिदैन थियो, आज चुरोट तान्दा रोकिदैन! तिमीसङै जिउने कसम खाएको म, आजकल सुन्यतामा जिउछु धुवाँले तिम्रै आकृती बनाउने भएर होला, आजभोलि म धेरै चुरोट पिउछु!! म रित्तिएको छु, चियाको खाली कप जस्तै म सिद्धिएको छु, चुरोटको ठुटो जस्तै मेरा सपनाहरु जलेर एस्ट्रेमा पोखिएका छन्, अनि मैले गरेको प्रेम, धुवाजस्तै बिलाएका छन्!! आजकल मेरो अगाडि सधै रित्तो कप र एस्ट्रे हुन्छन्, जब तिम्रो याद आउछन, चुरोटबाट धुवाँ बनेर निस्किन्छन, अनि म पोखिन्छु एस्ट्रेमा खरानी बनी:!!

चुरोट

 म धेरै मेहेनतले कागजहरु जम्मा गर्छु, जस्मा मलाइ जाचिएको, तौलिएको, जोखिएको थियो, रातदिन आफुलाई भुलेर सम्झिएका सुत्रहरु पोखिएको थियो ती काजगका तमाम अंकहरु हेर्छु ओठमा मुस्कान आउँछ तर दाँत कटकट किटिन्छ्न मेरा हातहरु थरथर काँप्न थाल्छन्  बिगत 20 बर्षका आफ्नो स्मरणशक्ति देखेर आफै दङ्ग पर्छु ती कागजहरुलाई गोलो लाम्चो बनाउछु अनि भित्र अघिका अंकहरुलाइ हातले पिसेर धुलो बनाउछु, भर्छु त्यै कागज भित्र। दिमागका एक एक सपनालाई पालै पालो बाहिर निकाल्छु, त्यस्लाइ पनि गोलो बनाउछु क्रमश त्यस्लाइ अघिको कागजको फेदमा जोड्छु म भित्र वितृष्णाको आगो दनदनी दन्किरहेथ्यो त्यो आगोले कागजको टुप्पो जलाउछु  अनि तल आफ्नै सपनाको filter बाट तान्छु मेरा कोचिएका रहर, अपुरो प्रेम अनि मलाइ जोखिएका अंकहरुलाई र फुक्छु एक मुठी जिन्दगी।।।

नशाको एक रात!

 बिस्तारै आखा बन्द हुन्छ हातमा एक गिलास whisky टिलपिल गर्दैछ। बन्द आखाबाट खस्न नसकेको आसु  गिलासबाट पोखिन खोज्दै छ। मन भारी भएर होला, हातमा केही महसुस भएको छैन। आँखा खोल्दा अगाडीको रङीन दुनिया पनि सादा लाग्छ! हास्दै बात मारिरहेका  3 4 जना साथीहरू पनि निर्जीव जस्तो लाग्छ्न। मनमा केही कुरा खेलाउन सक्ने सामर्थ्य छैन! क्रमशः फेरि आखा बिस्तारै बन्द हुन्छ। न त केही सोच्ने अवस्थामा छु, न त केही बुझ्ने नै! तेत्तिकैमा साथिले हातमा चुरोट राखिदिन्छ, चुरोटलाई खोक्रो पारेर अर्कै केइ कुरा भरेको याद गर्छु। के थियो त्यो कुरा?? सम्झन सक्ने अवस्थामा छैन। हातको गिलास टेबुलमा राखेर एक सर्को तान्छु। एक मुठी धुवाँ हुरिएर भित्र जान्छ! छाती सम्मै तातो महसुस हुन्छ। मुटुको धड्कन एकाएक बढ्न थाल्छ अनि एक चिम्टी धुवाँ मात्र बाहिर निस्कन्छ। धुवाँसङ्सङै मनमा उकुसमुकुस भएर बसेका भावनाहरु बहिर निस्कन्छन! बाहिर उडेका एक चिम्टी धुवाँ तछाडमछाड गर्दै तिम्रो आकृती बनाउन थाल्छन। म हेरिरहन्छु, तिम्रो आकृती बनिरहन्छ। म मुसुक्क हास्छु, तर तिम्रो आकृती हास्दैन। म मायाले बोलाउछु, तर तिम्रो आकृती बोल्दैन। म चिच्याउन...

बार्षिक महोत्सव

 बर्षको अन्तिम दिन आज!! पोख्नु पर्ने भावना थुप्रै थियो.. तिम्रो र मेरो बिचका काला बादलहरु हटाउन थियो!! तर दुर्भाग्य  यो बर्ष प्रेमको हावा नै चलेन।। बर्सौ देखी खिया लागेका सपनाहरूमा गएर मिसियो तिमि  र म एक हुने सपना पनि!! मेरो नयनले  झिमिक्क पारेका उनका तस्बिरहरु  पनि त्यही  खिया लागेका सपनाको पछि लाग्दै छ्न!! मुटुले कोरेका उनका आकृतिहरु पनि  पुराना छाप जस्तै मेटिदै छ्न्!  म विवस छु, रोक्न सक्दैन तिनलाई !!  म भन्दै छु पर्ख, सायद  हाम्रो बिचको बादल हट्छ अनि उनले  मेरो आंखाको भावना प्रष्ट  देख्छिन.. तर सायद  वरिपरिको उज्यालोले  होला, अध्यारो  कुनामा लुकेका मेरा आँखाका पत्रहरु अदृश्य छन। कात्रो ओढिरहेका मेरा भावना सायद उनको अन्तिम स्पर्श खोजिरहेछ्न!! मेरा अफ्नै भावना, जसलाइ म मर्न दिन पनि सक्दैन, र तेसरी  तड्पिरहेको पनि हेर्न सक्दैन!! म अँध्यारो मै छु, प्रकाशको प्रतीक्षामा!!

अन्तिम दिन

 सुरु भएपछि सकिनै पर्ने, ढकमक्क फुलेको फुल समयसङै झर्ने! आखिर कस्तो नियम यो प्रकृतिको कस्तो कानुन यो सृष्टिको म त मानव हु, समयको नियममा बाधिनै पर्छ, यहाँ स्वयम् ब्रम्हा त छन्, समयसङै मर्ने! आज एउटा युगको समाप्ती भएको छ यस्तो युग, जहाँ मैले राम बनेर मनका रावणको बध गरेँ हनुमान बनेर थुप्रै असफलताका सागर तरेँ ती सागर जो मै भित्र थिए सायद यहाँ नआएको भए, आफु भित्रको सागरमा  आफै डुब्थे होला आफू भित्रको सगरमा आफै  बिलाउथे होला!! यो ठाउँ, जस्ले मलाई म चिनायो! आफ्नै आँखामा लुकेका सपनाहरु देखायो!! यसरी भनु न भर्खर बामे सर्न लागेको म लाई, आफ्नै खुट्टामा उभिन सिकायो! म शून्य थिँंए  म खोक्रो थिँए खाली शरीरमा हाड र छालाको बोक्रो थिए ऐले कम्तीमा शून्यको अगाडी एक थपिएको छ धेरै हैन, एक दुई अक्षर निधारमा भाग्य लेखिएको छ पोखरा, कसरी बयान गरु यो ठाउलाई  यहाँ प्रत्यक हावाको स्पर्शमा प्रेम छ, प्रत्यक माटोको कणमा कथा छ र त यो ठाँउ छोडेर जादा प्रेमकथा बोकेर जाँदै छु! मुटु आफैसङ लगे नि धड्कनलाई छोडेर जाँदै छु। यहाँ अटल माछापुच्छ्रे छ, सधै मुस्कुराइ रहन्छ, निस्चल सेती नदि छ, सबै बेदना बिर...

प्रेम

प्रेम, प्रेम शब्द नै आफैमा पबित्र छ प्रेमको अर्थ उनलाइ देखेको पल नै थाहा  पाइसकेको थिए! उ अन्जान रहदा पनि उनको आखामा संसार देखिनु प्रेम थियो! ऊनी कोसौ टाढा रहदा पनि उन्को स्पर्श महसुस हुनु प्रेम थियो! फकृयेको गुलाफ पनि उनको मुस्कान अगाडि फिक्का लाग्थ्यो, उ बाहिर निस्कदा चन्द्रमा पनि लजाएर बादलमा लुक्ने गर्थ्यो! सायद म प्रेममा थिए होला, उन्को तस्वीर मेरो नयनमा कैद हुँदा समयको गती नै रोकिएको भान हुन्थ्यो! एकान्तमा एक्लै टोलाउन थालेको थिए, आफै मा नै हराउन थालेको थिए! खै, निद्राले पनि मेरो भावना बुझ्न सकेको थिएन कि खुला आखाले नै प्रेमका मिठा मिठा सपनाहरू बुन्थे! उन्लाइ गुमाउछु भन्ने डर पटक्कै थिएन, किनकि उन्को आकृति मेरो मनमा कैलै नमेटिने गरि बसिसकेको थियो! उन्लाइ पाउछु भन्ने सोच पनि थिएन, किनकि प्राप्त गर्न उन्लाइ लक्ष्य बनाएको थिएन! उनी मेरो लागि फुल हैन, बासना हो किनकि फुल त केही समय पछी ओइलाएर जान्छ,  नयाँ कोपिला पलाउछ तर बासना भने अमर रहन्छ! उन्लाइ म जूनसङ दाज्न सक्दैन, जून त बादलमा हराउने गर्छ! म उन्लाइ अङाल्न चाहान्न, महसुस गर्न चाहान्छु! उन्को ओठ चुम्न चाहान्न, ओठमा सजिएको...