रित्तो कप र एस्ट्रे
रित्तो कप र एस्ट्रे
कुनै समय थियो, मेरो हात तिम्रो हातमा हुन्थेमेरा आँखा तिम्रा आँखामा हुन्थे
हाम्रो अगाडि 2 कप मीठो चिया हुन्थ्यो!
घन्टौ बात मार्दै बसिन्थ्यो,
अनि एक अर्कालाई मज्जाले अगालोमा कसिन्थ्यो!!
हेर न, आज समय नै फेरियो
म त्यही कुनामा बसिरहेछु
स्थिर छु, तर पनि टाढा खसिरहेछु
तिम्रो हात समाउने हातले चुरोट समाइरहेछ
चियाको रित्तो कपले मेरो आँखामा हेर्दै गिज्याइरहेछ
त्यो सास, जो तिमीसङ गफिदा रोकिदैन थियो,
आज चुरोट तान्दा रोकिदैन!
तिमीसङै जिउने कसम खाएको म, आजकल सुन्यतामा जिउछु
धुवाँले तिम्रै आकृती बनाउने भएर होला,
आजभोलि म धेरै चुरोट पिउछु!!
म रित्तिएको छु, चियाको खाली कप जस्तै
म सिद्धिएको छु, चुरोटको ठुटो जस्तै
मेरा सपनाहरु जलेर एस्ट्रेमा पोखिएका छन्,
अनि मैले गरेको प्रेम, धुवाजस्तै बिलाएका छन्!!
आजकल मेरो अगाडि सधै रित्तो कप र एस्ट्रे हुन्छन्,
जब तिम्रो याद आउछन, चुरोटबाट धुवाँ बनेर निस्किन्छन,
अनि म पोखिन्छु एस्ट्रेमा खरानी बनी:!!
Comments
Post a Comment