प्रेम

प्रेम,

प्रेम शब्द नै आफैमा पबित्र छ

प्रेमको अर्थ उनलाइ देखेको पल नै थाहा  पाइसकेको थिए!

उ अन्जान रहदा पनि उनको आखामा संसार देखिनु प्रेम थियो!

ऊनी कोसौ टाढा रहदा पनि उन्को स्पर्श महसुस हुनु प्रेम थियो!

फकृयेको गुलाफ पनि उनको मुस्कान अगाडि फिक्का लाग्थ्यो,

उ बाहिर निस्कदा चन्द्रमा पनि लजाएर बादलमा लुक्ने गर्थ्यो!

सायद म प्रेममा थिए होला,

उन्को तस्वीर मेरो नयनमा कैद हुँदा

समयको गती नै रोकिएको भान हुन्थ्यो!

एकान्तमा एक्लै टोलाउन थालेको थिए,

आफै मा नै हराउन थालेको थिए!

खै, निद्राले पनि मेरो भावना बुझ्न सकेको थिएन कि

खुला आखाले नै प्रेमका मिठा मिठा सपनाहरू बुन्थे!

उन्लाइ गुमाउछु भन्ने डर पटक्कै थिएन,

किनकि उन्को आकृति मेरो मनमा कैलै नमेटिने गरि बसिसकेको थियो!

उन्लाइ पाउछु भन्ने सोच पनि थिएन,

किनकि प्राप्त गर्न उन्लाइ लक्ष्य बनाएको थिएन!

उनी मेरो लागि फुल हैन, बासना हो

किनकि फुल त केही समय पछी ओइलाएर जान्छ, 

नयाँ कोपिला पलाउछ

तर बासना भने अमर रहन्छ!

उन्लाइ म जूनसङ दाज्न सक्दैन,

जून त बादलमा हराउने गर्छ!

म उन्लाइ अङाल्न चाहान्न, महसुस गर्न चाहान्छु!

उन्को ओठ चुम्न चाहान्न,

ओठमा सजिएको मुस्कान हेर्न चाहान्छु!

उनी त्यो फुल हो जस्लाइ म चाहेर पनि टिप्न सक्दिन,

अझै फक्रेको हेर्न चाहान्छु!

हासेको, रमाइको हेर्न चाहान्छु!

उन्लाइ आफ्नो बनाएर पिन्जडामा राख्नु ठुलो भुल हुनेछ।

मयुर खुला ठाउमा नाचेको सुहाउछ!

खुला आकाशमा नै कोइली को कुहु मिठो सुनिन्छ!

सधै भरी यसरी नै नाचिरहनु

आफ्नै बगैंचामा फक्रीरहनु

टाढाबाट तिमिलाइ हेर्दै मुस्कुराइ रहनेछु 

र तिमीले थाहा नपाउने गरि तिमिलाइ प्रेम गरिरहनेछु!!

Comments

Post a Comment

Popular posts from this blog

चुरोट

अन्तिम दिन