अन्तिम दिन

 सुरु भएपछि सकिनै पर्ने,

ढकमक्क फुलेको फुल समयसङै झर्ने!

आखिर कस्तो नियम यो प्रकृतिको

कस्तो कानुन यो सृष्टिको

म त मानव हु, समयको नियममा बाधिनै पर्छ,

यहाँ स्वयम् ब्रम्हा त छन्, समयसङै मर्ने!

आज एउटा युगको समाप्ती भएको छ

यस्तो युग, जहाँ मैले राम बनेर मनका रावणको बध गरेँ

हनुमान बनेर थुप्रै असफलताका सागर तरेँ

ती सागर जो मै भित्र थिए

सायद यहाँ नआएको भए, आफु भित्रको सागरमा 

आफै डुब्थे होला

आफू भित्रको सगरमा आफै  बिलाउथे होला!!

यो ठाउँ, जस्ले मलाई म चिनायो!

आफ्नै आँखामा लुकेका सपनाहरु देखायो!!

यसरी भनु न

भर्खर बामे सर्न लागेको म लाई,

आफ्नै खुट्टामा उभिन सिकायो!

म शून्य थिँंए 

म खोक्रो थिँए

खाली शरीरमा हाड र छालाको बोक्रो थिए

ऐले कम्तीमा शून्यको अगाडी एक थपिएको छ

धेरै हैन, एक दुई अक्षर निधारमा भाग्य लेखिएको छ


पोखरा, कसरी बयान गरु यो ठाउलाई 

यहाँ प्रत्यक हावाको स्पर्शमा प्रेम छ,

प्रत्यक माटोको कणमा कथा छ

र त यो ठाँउ छोडेर जादा प्रेमकथा बोकेर जाँदै छु!

मुटु आफैसङ लगे नि धड्कनलाई छोडेर जाँदै छु।

यहाँ अटल माछापुच्छ्रे छ, सधै मुस्कुराइ रहन्छ,

निस्चल सेती नदि छ, सबै बेदना बिर्सेर बहन्छ!

काखमा फेवा ताल जो सधै टिलपिल छ

सायद यै कुराले होला, पोखरा मै मेरो दिल छ!!

बिहानै स्वागत गर्छन लता पतिङरहरु पात हल्लाएर,

यहा त गुलाबले पनि बिदाइ गर्छन हात हल्लाएर!!!

म अन्तिम पटक बिदा माग्न निस्कन्छु,

मैले उस्लाइ धन्यवाद भन्नू छ

उस्लाइ अङाल्नु छ

फेरि भेट्ने कसम पनि खानु छ

तर मेरो ओठहरु खुल्दैनन

मेरा हातहरु बढ्दैनन

आँखा बन्द गर्न खोज्छु, परेली मान्दैनन् 

केही केर्न खोज्छु, हृदयहरु जान्दैनन्!!

5 बर्ष अघि सुर्योदयसङै आएको म

आज सुर्यास्त पछि बिदा माग्दै छु

सुर्योदय र सुर्यास्त बिचको यो अन्तरामा

वरिपरिका थुप्रै भिर कन्दरामा

आफ्नो परिचय लुकाएको छु

आफ्नो कथा सुनाएको छु!,

गएर सोध काहुडाडाको त्यो धरहरालाई

गएर सोध मट्टिखानका ती टहरालाई

कति खुसी हुँदै सुनाउथे तिम्रा कथाहरु

कति दुखी हुँदै सुनाउथे तिमिलाइ नदेख्दाका ब्यथाहरु

बिस्तारै आँखा खोल्छु,

घाम त अघि ढलिसकेथ्यो, मेरा रमाइला पलहरुजस्तै,

हृदयमा अनेक प्रस्नको ज्वारभाटा थियो, समुद्रका छालहरुजस्तै!!

दायाँ तर्फबाट जुन मलिन मुहार लिएर उदाउछ,

सायद उस्ले थाहा पाइसक्यो, आज मेरो अन्तिम रात भनेर!

बायाँ तर्फ मन्द हावासङै गुलाफले हात हलाउछ,

सायद यहिसम्म थिए हाम्रा तिता मिठा बात भनेर!!

यस्तो कुनै रात थिएन, मैले चन्द्रमासङ जुनको कुरा नगरेको,

यस्तो कुनै दिन थिएन, मैले गुलाफसङ उनको कुरा

नगरेको!!

म टाढाबाट उनीसंग उन्कै कुरा गर्थे, उनले नसुन्ने गरि, 

कर्के आँखाले उन्लाइ निकै बेर हेर्थे, उनले नदेख्ने गरि!!

खैर, भोलिबाट यो सब हराउदै छ

धेरै पछि न्याउली चरी कसैको यादमा कराउदै छ!!

पोखराको याद कैलै नमेटिने गरि बिझिसकेछ,

अगाडिका दृस्यहरु धमिलो देख्छु, परेली त भिजिसकेछ!!

टाढा हेर्छु झिलिमिली बत्ती बलेको सहर छ,

अझै येतै बसौ न भन्ने कैले नमेटिने रहर छ!

आफ्नै रहरहरु ऐले घाँटीमा पासो बनेका छन,

आफ्नै कसमहरु आफै प्रती हासो बनेका छन!!

जून, फुल, आकाश, बादल, हिमाल 

सबैसंग बिदा माग्दा मध्यरात भैसकेछ!

अन्तिम रात निदाउने मन त पटक्कै थिएन,

धित मरुन्जेल उनलाइ हेर्नू थियो!

हृदयमा उनको आकृती कहिल्लै नमेटिने गरि केर्नु थियो!!

तर मन परे जति सबै कहाँ पाहिन्छ र?

मयुरलाई भुइँमा फ्याकिएको छडी किन चाहिन्छ र??


भोलि पल्ट सबेरै आँखा खुल्छ,

यादहरु अघिल्लो रात नै पोको पारिसकेथे!

कम गाह्रो भएको थियो ती याद समेट्नलाई

निकै मिहेनत लागेको थियो ती सब अट्नलाई!!

हल्का शरीर गर्हौ यादहरुले थिच्दै

थुप्रै सम्झना कोरेको हातले परेली मिच्दै

म गाडी चड्छु!!

स्थिर मनलाई लिएर गाडी गती लिन थाल्छ

सायद मेरो हृदयको भार लिन नसकेर होला,

निकै बिस्तारै उकालो लागिरहेथ्यो!

म सिसामा देख्छु,

मेरो सपनाको सहर म बाट टाढा जाँदै थियो

मेरा कथाहहरु, यादहरु, साथीहरु 

म बाट टाढा जाँदै थिए

अन्त्यमा झिलीमिलि सहरको त्यो आकृति  बिलाउन थाल्यो

तर सिसामा लेखे जस्तै

objects In the mirror are closer than they apper!!!

Comments

Popular posts from this blog

प्रेम

चुरोट