बार्षिक महोत्सव
बर्षको अन्तिम दिन आज!!
पोख्नु पर्ने भावना थुप्रै थियो..
तिम्रो र मेरो बिचका काला बादलहरु हटाउन थियो!!
तर दुर्भाग्य
यो बर्ष प्रेमको हावा नै चलेन।।
बर्सौ देखी खिया लागेका सपनाहरूमा गएर मिसियो तिमि र म एक हुने सपना पनि!!
मेरो नयनले झिमिक्क पारेका उनका तस्बिरहरु पनि त्यही खिया लागेका सपनाको पछि लाग्दै छ्न!!
मुटुले कोरेका उनका आकृतिहरु पनि पुराना छाप जस्तै मेटिदै छ्न्!
म विवस छु, रोक्न सक्दैन तिनलाई !!
म भन्दै छु पर्ख, सायद हाम्रो बिचको बादल हट्छ अनि उनले मेरो आंखाको भावना प्रष्ट देख्छिन..
तर सायद वरिपरिको उज्यालोले होला, अध्यारो कुनामा लुकेका मेरा आँखाका पत्रहरु अदृश्य छन।
कात्रो ओढिरहेका मेरा भावना सायद उनको अन्तिम स्पर्श खोजिरहेछ्न!!
मेरा अफ्नै भावना, जसलाइ म मर्न दिन पनि सक्दैन, र तेसरी तड्पिरहेको पनि हेर्न सक्दैन!!
म अँध्यारो मै छु, प्रकाशको प्रतीक्षामा!!
Comments
Post a Comment