नशाको एक रात!
बिस्तारै आखा बन्द हुन्छ
हातमा एक गिलास whisky टिलपिल गर्दैछ।
बन्द आखाबाट खस्न नसकेको आसु
गिलासबाट पोखिन खोज्दै छ।
मन भारी भएर होला,
हातमा केही महसुस भएको छैन।
आँखा खोल्दा अगाडीको रङीन दुनिया पनि सादा लाग्छ!
हास्दै बात मारिरहेका 3 4 जना साथीहरू पनि निर्जीव जस्तो लाग्छ्न।
मनमा केही कुरा खेलाउन सक्ने सामर्थ्य छैन!
क्रमशः फेरि आखा बिस्तारै बन्द हुन्छ।
न त केही सोच्ने अवस्थामा छु,
न त केही बुझ्ने नै!
तेत्तिकैमा साथिले हातमा चुरोट राखिदिन्छ,
चुरोटलाई खोक्रो पारेर अर्कै केइ कुरा भरेको याद गर्छु।
के थियो त्यो कुरा??
सम्झन सक्ने अवस्थामा छैन।
हातको गिलास टेबुलमा राखेर एक सर्को तान्छु।
एक मुठी धुवाँ हुरिएर भित्र जान्छ!
छाती सम्मै तातो महसुस हुन्छ।
मुटुको धड्कन एकाएक बढ्न थाल्छ
अनि एक चिम्टी धुवाँ मात्र बाहिर निस्कन्छ।
धुवाँसङ्सङै मनमा उकुसमुकुस भएर बसेका भावनाहरु बहिर निस्कन्छन!
बाहिर उडेका एक चिम्टी धुवाँ
तछाडमछाड गर्दै तिम्रो आकृती बनाउन थाल्छन।
म हेरिरहन्छु,
तिम्रो आकृती बनिरहन्छ।
म मुसुक्क हास्छु,
तर तिम्रो आकृती हास्दैन।
म मायाले बोलाउछु,
तर तिम्रो आकृती बोल्दैन।
म चिच्याउन खोज्छु,
तर आवाज निस्कदैन।
हरेस खाएर फेरि आँखा बन्द गर्छु।
तिम्रो आवाज सुन्न खोजिरहेको कानले
आफ्नै मुटुको धड्कन मात्र सुन्छ।
सायद मेरो मुटुमा बसेकी तिम्रो आवाज होला!
लामो लामो सास फेर्छु,
घाँटी भित्रै हावाको न्यानो स्पर्श महसुस हुन्छ।
प्रत्यक नशामा रगतको प्रवाहको पनि महसुस हुन्छ।
त्यो न्यानोपन पनि तिम्रै जस्तो लाग्छ,
अनि त्यो नशामा बगिरहने तिमी हौ जस्तो लाग्छ।
समय नै रोकिएको जस्तो भान हुन्छ,
अर्को सर्को तान्छु!
अनि हावामा तैरिन पुग्छु।
तिम्रो यादले उडाएर एक ठाउँबाट अर्कोमा लग्छ,
सायद त्यहाँ पनि म तिम्रै खोजीमा थिए।
बादल माथी खोज्दा पनि तिम्लाइ भेटिन,
चन्द्रमाको नजिक पनि भेटिन।
तिमिलाइ खोज्दै सारा समुद्र र पर्बत पार गर्छु,
तर तिम्रो नाम निशान कतै भेटिन।
झसङ्ग भएर पुरानै ठाउमा खस्छु!
तिम्रा यादहरु सबै छताछुल्ल भएर पोखिन्छ्न,
जस्लाइ चाहेर पनि फेरि बोक्न सक्दिन।
मन हल्का हुन्छ
हातको चुरोटबाट धुवाँ अझै आइरहेथ्यो!
फेरि आँखा बन्द गरेर एक सर्को तान्छु,
अगाडिका सारा चिजहरु बिस्तारै गायब हुन थाल्छ्न।
बोतल, गिलास, साथिहरु सबै!
म अर्कै सन्सारमा पुग्छु,
शुन्यताको सन्सारमा।
जहाँ केवल म मात्र छु, तिम्रो यादहरु पनि छैनन।
यो सन्सारबाट म फर्किन चाहान्न!
त्येस्तो सन्सार, जहा आँखा खोल्दा र बन्द गर्दा केही भिन्नता छैन।
चारै तिर अँध्यारो छ
मेरो आँखाको प्रेमलाई कसैले देख्न सक्दैन।
जहाँ मेरो मन दुखाउने कोहि हुदैन!!!!
Comments
Post a Comment