नशाको एक रात!
बिस्तारै आखा बन्द हुन्छ हातमा एक गिलास whisky टिलपिल गर्दैछ। बन्द आखाबाट खस्न नसकेको आसु गिलासबाट पोखिन खोज्दै छ। मन भारी भएर होला, हातमा केही महसुस भएको छैन। आँखा खोल्दा अगाडीको रङीन दुनिया पनि सादा लाग्छ! हास्दै बात मारिरहेका 3 4 जना साथीहरू पनि निर्जीव जस्तो लाग्छ्न। मनमा केही कुरा खेलाउन सक्ने सामर्थ्य छैन! क्रमशः फेरि आखा बिस्तारै बन्द हुन्छ। न त केही सोच्ने अवस्थामा छु, न त केही बुझ्ने नै! तेत्तिकैमा साथिले हातमा चुरोट राखिदिन्छ, चुरोटलाई खोक्रो पारेर अर्कै केइ कुरा भरेको याद गर्छु। के थियो त्यो कुरा?? सम्झन सक्ने अवस्थामा छैन। हातको गिलास टेबुलमा राखेर एक सर्को तान्छु। एक मुठी धुवाँ हुरिएर भित्र जान्छ! छाती सम्मै तातो महसुस हुन्छ। मुटुको धड्कन एकाएक बढ्न थाल्छ अनि एक चिम्टी धुवाँ मात्र बाहिर निस्कन्छ। धुवाँसङ्सङै मनमा उकुसमुकुस भएर बसेका भावनाहरु बहिर निस्कन्छन! बाहिर उडेका एक चिम्टी धुवाँ तछाडमछाड गर्दै तिम्रो आकृती बनाउन थाल्छन। म हेरिरहन्छु, तिम्रो आकृती बनिरहन्छ। म मुसुक्क हास्छु, तर तिम्रो आकृती हास्दैन। म मायाले बोलाउछु, तर तिम्रो आकृती बोल्दैन। म चिच्याउन...